बागलुङ।
बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल भ्यान दुर्घटनामा घाइते २६ जनामध्ये एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अमन बोहोराको उपचारका क्रममा ज्यान गएको हो।
दुर्घटनामा अन्य २५ जना घाइते भएका छन्। तीमध्ये छ जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए।
धौलागिरि प्रादेशिक अस्पताल, बागलुङमा अनिता किसान, अलिना किसान, मुस्कान किसान, रोविन्स किसान, निक्सम बोहोरा, उमङ्ग किसान, सुमित गैरे, अनिस बोहोरा, अनन्या किसान, रोशनी बोहोरा, सुप्रिया किसान, सान्वी किसान, शिव किसान, समीक्षा गैरे, सेमुल थापा, निश्मा खड्का, वीरबहादुर थापामगर, आयना बोहोरा र सारिका बोहोराको उपचार भइरहेको छ।
गम्भीर घाइते आयुष बोहोरा, आयान बोहोरा, निकित किसान र सोलुमन रसाइलीलाई मणिपाल शिक्षण अस्पताल, पोखरा पठाइएको छ भने सुजल छन्त्याल र सङ्गम किसानलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ।
न्यू एभरेष्ट एकेडेमी स्कुलका विद्यार्थी बोकेको ग३च ८६२१ नम्बरको भ्यान मध्यपहाडी लोकमार्गबाट रातमाटा जाँदै गर्दा दुर्घटनामा परेको हो। उक्त भ्यान नेपालभाषा मंका खल बागलुङको भवन नजिकै सडकबाट खसेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया