२५ दिनपछि तीन पदाधिकारीको कार्यकक्षमा लगाएको ताला खोलियो

1.13k
Shares

काठमाडौँ ।

 काठमाडौँ त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालयमा लगाइएको ताला तत्काल सूचना जारी गरेको केही घण्टाभित्र प्रहरीले ताला फोडेको छ । त्रिबिका उपकुलपति प्राडा, दीपक अर्याल, प्राडा रेक्टर खड्ग केसी र रजिस्टार प्रा  केदार रिजालको कार्यकक्षमा लगाएको ताला फाडेको हो । नेपाल कमयुनिष्ट पार्टी निकट( अनेरास्ववियु) क्रान्तिकारीले ताला गएको १७ गते ताला लगाएको थियो ।

 तालाबन्दीको कारण तीन पदाधिकारीको कार्यकक्ष र सो भवनमा रहेको कार्यालयको काम हुन सकेको थिएन ।

 पटक पटक आग्रह गर्दासमेत ताला नखोलेपछि अहिले २ बजे प्रहरीको सहयोगमा ताला खोलेको हो । ताला खोल्नुअघि त्रिबिका पदाधिकारीले कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीसंग परामर्श गरेका थिए । विद्यार्थी संगठनले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैङ्गिक अध्ययन, सामाजिक कार्य तथा द्वन्द्व, शान्ति तथा विकास अध्ययन विषयमा लिइँदै आएको शुल्क तथा जन प्रशासन क्याम्पसको भर्ना प्रक्रियालाई लिएर ताला लगाइएको थियो ।

 उपकुलपति प्राडा अर्यालले तालाबन्दीका कारण विश्वविद्यालयको नियमित प्रशासनिक कामकाज प्रभावित भएको थियो । सर्वोच्च अदालतबाट २०८२ असार १८ गते जारी भएको अन्तरिम आदेशको उलंघन भएको उल्लेख गर्दै त्रिबि प्रशसनले  ताला फोडेको हो । ताला फोड्नुअघि सयौको संख्यामा प्रहरी परिचालन भएको थियो । त्रिबिले कसम्बन्धी विषयमा विश्वविद्यालयले पुनरावलोकन कार्यदल गठन गरी काम अघि बढाइसकेको उल्लेख गर्दै आज बिहान ८ बजेसम्म ताला खोल्न आग्रह गरेको थियो । त्रिविको आग्रह अटेर गरेपछि प्रशासक लगाएर ताला फोडेको हो ।