भोलिदेखि केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना,आजको मौसम कस्तो रहला ?


काठमाडौँ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा तुवाँलो तथा हुस्सु लागेको छ।

आज दिउँसो र राति तराईका केही स्थानमा हुस्सु रहने तथा पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। भोलि भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपातको सम्भावना पनि रहेको छ।