रास्वपाबाट काठमाडौँ–१० मा जयराम कार्कीको प्रत्यक्ष उम्मेदवारी


काठमाडौँ ।

१० अन्तर्गत कीर्तिपुर नगरपालिका वडा नं. ६ टौदह निवासी जयराम कार्की फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रत्यक्ष उम्मेदवार बनेका छन्।

स्थानीय स्तरमै जन्मिएर हुर्किएका कार्कीले “आफ्नो ठाउँ आफैँ बनाऔँ” भन्ने अभियानसहित चुनावी मैदानमा उत्रिँदै छोटो समयमै मतदाताको मन जित्न सफल भएका छन्। युवा व्यवसायी तथा समाजसेवीका रूपमा परिचित कार्की टौदह क्षेत्रको खानेपानी समस्या समाधान, टौदह पोखरीको संरक्षण र त्यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियान मा सक्रिय रहँदै आएका छन्।

स्थानीयवासीहरूका अनुसार कार्की काठमाडौँ–१० मा बलियो पकड बनाइसकेका उम्मेदवार हुन्। उनलाई नजिकबाट चिनेका एक स्थानीयले भने,
“जयराम कार्की गफ गर्ने नेता होइनन्, काम गरेर देखाउने व्यक्ति हुन्। उनले पहिल्यै समाजमा योगदान दिएर विश्वास जितिसकेकाले चुनाव जित्न गाह्रो देखिँदैन।”यसैबीच, रास्वपाले काम गर्ने र परिणाम देखाउने उम्मेदवारलाई टिकट दिन्छ कि केवल भाषण गर्नेहरूलाई भन्ने विषय पनि स्थानीय स्तरमा चासोको विषय बनेको छ।

लामो समयदेखि कलाकारिता, निर्माता तथा निर्देशकका रूपमा विभिन्न क्षेत्रमा अनुभव बटुलेका कार्की सामाजिक विकासको अग्रपंक्तिमा रहेर काम गर्दै आएका व्यक्ति हुन्। यही कारणले काठमाडौँ–१० मा कार्कीले बाजी मार्ने सम्भावना बलियो देखिएको स्थानीय विश्लेषकहरूको भनाइ छ।