प्रतिनिधिसभा चुनावमा उम्मेदवारको खर्च सीमा तोकियो ? (सूचीसहित)


काठमाडौँ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ । आयोगले सुगम र दुर्गम जिल्लाअनुसार फरक–फरक खर्च सीमा तोकेको हो ।

आयोगका अनुसार काठमाडौँका पाँच निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । त्यसैगरी १७ निर्वाचन क्षेत्रमा २७ लाख, ६५ निर्वाचन क्षेत्रमा २९ लाख, ५२ निर्वाचन क्षेत्रमा ३१ लाख तथा २६ निर्वाचन क्षेत्रमा ३३ लाख रुपैयाँसम्म खर्च गर्न सकिने व्यवस्था गरिएको छ ।

उम्मेदवारले तोकिएको सीमा ननाघी निर्वाचन खर्च गर्नुपर्नेछ भने निर्वाचन परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र खर्च विवरण सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने आयोगले जनाएको छ ।