काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बिशेष महाधिवेशन सहमतीको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नु पर्ने बताएका छन् । उनले भने, अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपाति उम्मेद्वार टुंग्याउनु पर्नेछ । यसकारण बिशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर माघ ६ गतेपछि बोलाउँदा उचित हुने बताए । उनका अनुसार त्यो बेलासम्म राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ । आज उनले आफ्नो निजी सचिवालयमा पार्टीका ३० भन्दा केन्द्रीय सदस्यहरुको समूहसँग छलफल गरेका थिए ।


उक्त भेटघाटमा डा. कोइरालाले सबैको मनोभावना सम्बोधन हुने गरी केन्द्रीय समितिले बिशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसको लागिपरेको समेत बताए । उनले फरक प्रशंगमा भने, नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गर्न नहुने बताए । गठबन्धनले प्रत्यक्ष निर्वाचनमा दुइ चार सिट बढी आउँला तर समानुपातिका मत घट्ने र कांग्रेसलाई दिर्घकालिन हानी हुने बताए ।
आगामी निर्वाचनमा नेपाली कांग्रेसले एक्लै चुनावमा जानु पर्ने कुरामा आफू स्पष्ट भएको बताए । उक्त भेटमा ३० जान केन्द्रीय सदस्यहरुको समूहको तर्फबाट बोल्दै केन्द्रीय सदस्य पुष्पा भुषालले हामीहरु पार्टीभित्र देखिएको विवाद समाधानका लागि शिर्ष नेताहरुसँग भेट गरेको बताइन् । उनले आफूहरु कुनै पक्षको नभएको तर पार्टीभित्रको विवादले चिन्तित बनाए समाधानका लागि सबैसँग पहल गरिरहेको बताइन ।
उनले मध्यमार्गी बाटो पहिल्याउन डां शेखर कोइरालालाई आग्रह समेत गरेका छन् । अधिकांश केन्द्रीय सदस्यहरुले बिशेष महाधिवेशनलाई चुनावी घोषणा सभाको रुपमा रुपान्तरण गरेर निर्वाचनमा जानु पर्ने जोड दिएका थिए । पार्टीको संस्थापन र बिशेष महाधिवेशन पक्षधरको पार्टी चरमा विवादमा फस्दै गएको बताए । उनले दुबैपक्षसँग समन्वय गरी मध्यमार्गी विकल्प पहिल्याउने डा. शेखर कोइरालालाई सामूहिक आग्रह गरेका थिए । छलफलमा केन्द्रीय सदस्यहरू – चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशी लगायत हुनुहुन्थ्यो ।











प्रतिक्रिया