कुरिनटारमा केफसीको नयाँ आउटलेट उद्घाटन


काठमाडौँ
दिगो ग्रुप अफ इंडस्ट्रीस अन्तर्गत सञ्चालित दिगो ईस्टपले आज कुरिनटारमा विश्वप्रसिद्ध रेस्टुरेन्ट चेन केएफसीको नयाँ आउटलेट औपचारिक रूपमा उद्घाटन गरेको छ । उद्घाटनको अवसरमा सीमित समयका लागि ग्राहकहरूका लागि २५% विशेष छुट पनि उपलब्ध गराइएको छ ।

यस नयाँ आउटलेटले राजमार्गमा यात्रा गर्ने यात्रुहरू र स्थानीय समुदायका लागि भोजन र विश्रामको अनुभव अझ सहज र आकर्षक बनाउने अपेक्षा गरिएको छ । अब दिगो ईस्टपल कुरिनटारमा पुगेका यात्रुले आफ्ना निजी वा व्यवसायिक सवारी साधन चार्ज गर्दै, विश्वभर रुचाइने केएफसी को स्वादको आनन्द लिन सक्नेछन् ।

दिगो ग्रुप अफ इंडस्ट्रीसका गृप सिइओ सौरभ श्रेष्ठले उद्घाटनका अवसरमा बोल्दै , “दिगो ईस्टपमा हाम्रो उद्देश्य सधैं यात्रुका लागि दीगो, सहज र गुणस्तरीय अनुभव प्रदान गर्नु हो । कुरिनटारमा केएफसी को उद्घाटनसँगै हामी यात्रुहरूलाई सुविधा, विकल्प र विश्वस्तरीय स्वाद एउटै स्थानमा उपलब्ध गराउने दिशामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेका छौं ”, भन्नुभयो ।

दिगो इस्टप कुरिनटारले निजी तथा व्यवसायिक इभीका लागि फास्ट चार्जिङ सुविधा, स्वच्छ सार्वजनिक शौचालय, परिवारमैत्री वातावरण, विश्रामस्थल तथा गुणस्तरीय भोजन सेवा प्रदान गर्दै आएको छ । केएफसीको आगमनले यसलाई दीगो यात्रा, सुविधा र आधुनिक जीवनशैली अनुभवको केन्द्रका रूपमा अझ मजबुत बनाएको छ ।

उद्धाटनसँगै उपलब्ध २५% विशेष छुटले यात्रु, परिवार तथा स्थानीय बासिन्दालाई स्वाद, सुविधा र आरामको नयाँ अनुभव लिन आमन्त्रण गरेको छ, जहाँ दीगो मोबिलिटी र विश्वस्तरीय सेवा एउटै स्थानमा भेटिन्छ ।