लन्डन, (एजेन्सी) ।
निक किर्गियोसले टेनिसमा ब्याटल अफ द सेक्सेस यानि दुई अलग अलग जेन्डरका खेलाडीको प्रतिस्पर्धामा जित हासिल गरेका छन् । उनले महिलातर्फको विश्व नम्बर एक खेलाडी एरिना सबालेन्कालाई ६–३, ६–३ ले हराएका हुन् । यो एक प्रदर्शनी म्याच थियो र लैंगिक समानताका लागि खेलिएको थियो ।
दुबईको १७ हजार सिटक्षमता भएको कोकाकोला एरिनामा दर्शकहरूले सबालेन्काको डान्स पनि हेर्न पाएका थिए । यस खेलको सबैभन्दा महँगो टिकट ८ सय डलरको विक्री भएको थियो ।
अस्टे«लियाका किर्गियोसले खेलपछि बताए—म शुरुमा केही नर्भस थिए तर मलाई लाग्छ यो टेनिस खेलको लागि एक सानदार पाइला हो । यसबाट सकारात्मक कुराहरूबाहेक अरू केही देखिएन । मैले यसको पसिना बगाउनुप¥यो । त्यसैले, सबै नकारात्मकतालाई बाहिर राखौं ।
यस्तै, बेलारुसकी सबालेन्काले बताइन्–“मलाई थाहा छैन कि मान्छेहरूले यस खेलमा नकारात्मक कुरा कसरी फेला पार्न सके, यो एक मनोरञ्जनात्मक खेल थियो । उसले खेल जित्यो, तर मैले उत्कृष्ट टेनिस देखाएँ, यो एक उत्कृष्ट लडाई थियो । यो हेर्न रोचक थियो। मलाई यो खेलमा निकै मजा आयो ।
यसअघि ब्याटल अफ द सेक्सेसको नाममा सन् १९७३ मा खेल भएको थियो । जसमा, बिली जीन किंग र बबी रिग्सले प्रतिस्पर्धा गरेका थिए । हुस्टन एस्ट्रोडममा खेलिएको उक्त खेलमा महिला खेलाडी किंगले सीधा सेटमा जितेकी थिइन् ।











प्रतिक्रिया