लन्डन, (एजेन्सी) ।
फिफाले बतायो कि फिफा वल्र्ड कप २०२६ को लागि अहिलेसम्म १५ करोडभन्दा बढी टिकट अनुरोध आइसकेको छ । यो वल्र्ड कप टिकेटिङको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो रेकर्ड भएको पनि फिफाले दावी गरेको छ ।
फिफाको अनुसार ११ दिसेम्बरमा रेन्डम सेलेक्सन ड्र टिकेटिङ चरण शुरुभएदेखि २ सयभन्दा बढी देशहरूबाट फिफाको वेबसाइटडमा भारी संख्यामा निवेदन आएको हो । यो चरण १३ जनवरी २०२६ मा सकिनेछ ।
टिकटको भारी चाहना भएकोअनुसार यो वल्र्डकप इतिहासमा सबैभन्दा बढी समर्थकको उपस्थित हुने लक्षण देखिएको फिफाका अध्यक्ष जियानी इन्फेटिनोले बताए । इन्फेटिनोले बताए—फिफा वल्र्ड कप २०२६ संसारकै सबैभन्दा र सबैभन्दा बढि समावेशी आयोजन हुनेछ ।
समर्थकहरूको जबरदस्त प्रतिक्रियाको प्रमाण हेर्दा उत्तरी अमेरिकामा हामी इतिहास रच्न गइरहेका छौं । जहाँ एकता र उत्कृष्ट फुटबलको खुशीयालीमा पुरै संसार पहिलेभन्दा अधिक एकसाथै आउनेछन् ।
यसपटकको वल्र्डकप अमेरिका, क्यानडा र मेक्सिको गरी यी तीन देशका १६ शहरहरूमा कूल १ सय ४ खेल आयोजना हुँदैछ । आगामी २०२६ को ११ जूनदेखि १९ जुलाईसम्म हुने यस वल्र्डकपमा ४८ राष्ट्रका फुटबल टिमहरूले खेल्ने छन् ।











प्रतिक्रिया