लेखनाथ साहित्य पुरस्कार कँडेललाई


काठमाडौं ।

लेखनाथ साहित्य प्रतिष्ठान नेपालले मंगलबार साहित्यकार घनश्याम कँडेललाई १४२ औ लेखनाथ जन्मजयन्तिको सन्दर्भमा एक कार्यक्रमको आयोजना गर्दै लेखनाथ साहित्य पुरस्कार प्रदान गरेको छ ।

पुरस्कृत व्यक्तित्व घनश्याम कँडेललाई कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेती र लेखनाथ साहित्य पुरस्कार अक्षय कोष सञ्चालक समितिका अध्यक्ष तथा प्रतिष्ठानका पूर्व अध्यक्ष डा शुक्रराज अधिकारीले माला, दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो ।

कवि शिरोमणि लेखनाथ पौडेलकी कान्छी छोरी कुन्तीदेवी भट्टराईका छोरा विजयनाथ, विनयनाथ, छोरी प्रतिभा पाण्डे, सुधा खकुरेल, शशी शर्मा लगायतका परिवारजनले स्थापना गरेको अक्षयकोषबाट आर्जित ब्याजबाट सो पुरस्कार प्रदान गरिदै आइएको छ । उक्त पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।

नेपाली शिक्षा परिषदले आयोजना गरेको सो कार्यक्रममा पुरस्कृत व्यतित्व र पुरस्कारका बारेमा डा अधिकारीले चर्चा गर्दै व्यक्तित्व निर्मण गर्न सहयोग पु¥याउने परिवारका सदस्यलाई पनि सम्मान गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
समारोहका प्रमुख अतिथि उप्रेतीले प्रतिष्ठानले उपयुक्त तथा योग्य पात्रलाई पुरस्कार दिने निर्णय गरेको भन्दै पुरस्कारको सरहाना गर्नुभयो । कार्यक्रम नेपाली शिक्षा परिषदका अध्यक्ष रमा शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

२०५४ सालमा स्थापना भएको लेखनाथ साहित्य प्रतिष्ठन नेपालले २०६८ सालदेखि वितरण हुदै आएको सो पुरस्कारबाट नेपाली शिक्षा परिषद, वासुदेव त्रिपाठी, मदनमणि दीक्षित, धर्मराज थापा, मोदनाथ प्रश्रित, मुकुन्द शरण, बालकृष्ण पोखरेल, जगमान गुरुड, वैरागी काइला, गोपाल किल्जक, वसन्तकुमार शम्मा, शरुभक्त, चुडामणि बन्धु, दयाराम श्रेष्ठ लगायतका स्रस्टाहरु सम्मानित भइसक्नु भएको छ ।

साहित्यकार कँडेललाई महाकाव्य लगायतका कृति रचना गरी नेपाली साहित्यको उत्थानमा दशकौंदेखि सेवा पु¥याएबापत यो पुरस्कार प्रदान गरिएको बताइएको छ । उहाँ ‘धृतराष्ट्र’ महाकाव्यका पनि रचनाकार हुनुहुन्छ ।