नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः परराष्ट्रमन्त्री शर्मा


काठमाडौँ।

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको छवि राम्रो बनाउने गरी आफूले काम गर्ने बताएका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा शुक्रबार पदभार ग्रहण गरेसँगै उनले यस्तो बताएका हुन् । उनले आफू मन्त्रीपरिषदमा आउँदा राम्रो हुन्छ भने आउनुपर्छ भनेर आफू मन्त्री बनेको बताए । उनले निर्वाचनको सम्बन्धमा छिमेकी देशहरुसँग कुनै सहयोग लिनुपर्ने रहेछ भने सही तरिकाले सहकार्य गर्ने बताएका छन् । उनले मित्रराष्ट्रहरुसँगको सम्बन्ध सकारात्मक रुपमा अघि बढाउने प्रतिवद्धता जनाए ।

मन्त्री शर्माले शुक्रबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियाे।