काठमाडौं
नेपालका लागि आइकौर ब्रान्डको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रा. लि. ले आफ्नो बहुप्रतिक्षित लाइफस्टाइल इलेक्ट्रिक एसयुभी आइकौर भी–२३ को औपचारिक को–डेलिभरी सुरु गरेको छ । यस नयाँ यात्राको सुरुवातस्वरूप कम्पनीले पहिलो गाडी नेपालकी चर्चित मोडेल तथा सामाजिक सञ्जाल इन्फ्लुएन्सर इभा गिरी लाई हस्तान्तरण गरेको छ ।
यो हस्तान्तरण उच्च फेसन र भविष्य–उन्मुख इन्जिनियरिङको उत्कृष्ट संगमको प्रतिनिधित्व गर्दछ । नेपालकी चर्चित ट्रेन्डसेटरको रूपमा परिचित इभा गिरीले आइकौर भी–२३ रोज्नुले यस गाडीको ‘शो–स्टपर’ छविलाई अझ स्पष्ट बनाएको छ । यसले नेपालका नयाँ पुस्ताका सफल, शैली–सचेत तथा प्रविधिमैत्री व्यक्तिहरूको आकाङ्क्षालाई पूर्ण रूपमा सम्बोधन गर्दछ ।
आइकौर भी–२३ मा १०० किलोवाट क्षमताको रियर–ह्विल–ड्राइभ मोटर जडान गरिएको छ, जसले १८० न्यूटन–मिटर टर्क उत्पादन गर्छ । यसमा क्याटल कम्पनीको ५९ दशमलव ९३ किलोवाट–घण्टा क्षमताको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसले एकपटकको चार्जमा ४०१ किलोमिटरको प्रमाणित रेन्ज प्रदान गर्दछ । शहरी यात्रादेखि लामो दूरीको यात्रासम्मका लागि यो गाडी उपयुक्त मानिन्छ ।
यस गाडीमा २१० एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, १५ दशमलव ४ इन्चको विशाल २ दशमलव ५ के सेन्ट्रल कन्ट्रोल डिस्प्ले जडान गरिएको छ । साथै, पछाडिको सिट फोल्ड गर्दा ७४४ लिटर क्षमताको विशाल ट्रंक स्पेस उपलब्ध हुन्छ, जसले प्रयोगकर्तालाई थप सुविधा प्रदान गर्दछ ।
एसपीजी अटोमोबाइल्सका अनुसार, पूर्व–बुकिङ गरेका अन्य ग्राहकहरूका लागि पनि देशव्यापी रूपमा छिट्टै को–डेलिभरी सुरु गरिनेछ । प्रिमियम लाइफस्टाइल सेगमेन्टमा प्रस्तुत गरिएको आइकौर भी–२३ ले नेपाली अटोमोबाइल बजारमा नयाँ तरंग ल्याउने कम्पनीको विश्वास छ ।











प्रतिक्रिया