रसुवा । रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ मा रहेको तेटाङचे भौगोलिक हिसाबले अत्यन्तै पिछडिएको गाउँ हो । उचित प्रचारप्रसार भए यो गाउँ पर्यटकीय हब बन्न सक्ने देखिन्छ ।
वेत्रावती निवासी पेन्टर शशी डङ्गोल भन्नुुहुन्छ, ‘आफू पेन्टिङको सिलसिलामा त्यस ठाउँमा पुगेपछि अलिकति प्रचारप्रसार भयो र स्थानीय सरकारले ध्यान पु¥याएमा यो ठाउँ स्वर्ग नै बन्ने रहेछ भन्ने लाग्यो ।’ उहाँका अनुसार यस ठाउँमा घामको प्रकाश धेरै बेर नबस्ने रहेछ । तर पनि सुन्दर लाग्ने रहेछ । सान्जेन जलविद्युत् आयोजनाले सडकको ट्रयाक खोलिदिएपछि केही सहज त भएको रहेछ तर भिर र साँघुरो बाटोले नियमित साना–ठूला गाडीलाई सहजता रहेनछ ।
विशुद्ध तामाङ बस्ती रहेको तेटाङचे गाउँका मानिस काठमाडौं र अन्यत्र जानुपरेमा थाम्बुचेत वा पुरानो तातोपानीसम्म पैदल हिँडेर जानुपर्ने रहेछ । आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दावा गोम्बो तामाङ (रामबहादुर) भन्नुहुन्छ, ‘हामीले पहल गरिरहेका छौं, यहाँ हाइकिङ र पैदल हिँड्न धेरै राम्रो र अर्गानिक ठाउँलाई प्रचारप्रसार गर्छाै ।’
‘यस ठाउँलाई पर्यटकीय हब बनाउन सकियो भने यहाँको जीवनस्तर पनि माथि हुन्छ । यस्ता धेरै ठाउँ लुकेर बसेका छन् । हामीले पहिल्याउन जरुरी रहेको छ । वडादेखि पालिका, जिल्लालगायत देशभरि नै प्रचार गर्छाैं’, वडा अध्यक्ष तामाङ थप्नुहुन्छ ।











प्रतिक्रिया