सुनको भाउ एकैदिन ३५ सयले उकालियो, चाँदीले नयाँ रेकर्ड कायम


काठमाडौं ।

शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँले वृद्धि भई २ लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन यसकै कारोबार मूल्य २ लाख ५३ हजार १ सय रुपैयाँ थियो। मूल्य बढेसँगै सुन यसअघिको उच्चतम २ लाख ५८ हजार रुपैयाँको रेकर्ड नजिक पुगेको छ।

यसैगरि चाँदीको मूल्य पनि लगातार बढ्दै नयाँ रेकर्ड बनाएको छ। शुक्रबार चाँदी प्रतितोला १०० रुपैयाँले उक्लिएर ३ हजार ९०५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो। अघिल्लो दिन चाँदी ३ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो।