
कवि कृष्ण बाउसेको पर्याप्रेमको गुञ्जन नामक कविता सङ्ग्रह छैटौँ बालकृतिको रुपमा २०८० सालमा प्रकाशित भएको छ । यसभित्र उनले लेखेका फूलको प्रश्न, पर्याप्रेमको गुञ्जन, उत्पीडित संसारको बेहोस मान्छेसँग, मलाई आरक्षित गरिराख, विकासको जहरलगायत विभिन्न शीर्षकका ५२ वटा कविता समावेश गरिएका छन् । फूलको प्रश्न शीर्षकको पहिलो कवितामा ‘माटोमा झर्न पाएको भए नयाँ बिरुवा बनेर फेरि फुलिरहेको हुन्थेँ, भर्भराउँदो यौवनको मिठास लिन नपाउँदै टिपेर मन्दिरमा पु¥यायौ’ कवि बाउसेले भनेका छन् । कवि बाउसे लामो समयदेखि साहित्यिक तपस्यामा छन् ।
मलाई आरक्षित गरिराख
तिम्रो मलामीको रुपमा ।
कुनै दिन मक्किएर ढलेको थाङ्ग्रोमाथि थचारिएको लहरोलाई पुगिरहेको छैन, तिम्रा पातपातमा सूर्यको प्रकाश अब के गर्छौ ? भनेर बाउसेले पर्याप्रेमको गुञ्जन शीर्षककोे कवितामा सोधेका छन् । नेपाली साहित्य आकाशमा विगतदेखि नै प्रकृति चिन्तन र प्रकृतिको बयान सुन्न पाइन्छ । ‘मान्छे नभएको संसार त थियो नै कल्पनै गरिरहनु परेन, घामले खाएका आदिम चुम्बनहरुको स्मरण गर्दै पानीमुनिको लेउलाई’ भनेर कवि बाउसेले उत्पीडित संसारको बेहोस मान्छेसँग शीर्षकको कवितामा लेखेका छन् ।
अबदेखि
युद्धप्रेमीहरुको लहैलहैमा लागेर
घातक हतियारका साथमा
आफूलाई कतै पनि उभ्याउँदिन म ।
पर्याप्रेमको गुञ्जनले रुख, नदी, आकाश, धर्तीकोे उपयोग गर्दा आमा, बाबा र बाजेबजैलगायत पुर्खालाई सम्झनुु भन्ने उपदेश दिएको छ । तर वर्तमान पुस्ता यी शाश्वत भुलेर प्रकृति र पर्यावरणमाथि अन्यायपूर्ण दोहन गर्दै छ भनेर बाउसेको चिन्ता देखिन्छ । मै किन जानुप¥यो र, धेरै तयार छन्् तिम्रो जन्ती जान भनेर मलाई आरक्षित गरिराख शीर्षकको कवितामा बाउसेले लेखेका छन् । जूनमायाको हाँसोे शीर्षकको कवितामा बारीको एक कुनामा पाल टाँगेर बनाएकी छन् उनले आफ्नो दरबार मस्काउँछिन् त्यहाँ उनी मनकारी डोल्माले भनेर कविले लेखेका छन् । दिन–प्रतिदिन प्रकृति विनाश भइरहेको विविध घटना, परिघटना, अवस्था, स्थितिका दृश्यहरु तथा परिदृश्यहरुलाई सङ्ग्रहभित्रका कविताहरुमा बाउसेले प्रस्तुत गरेका छन् ।
तपाईहरु नभएको खबरसँगै
उजाड भैसकेको छ नदीकिनारकोे हरियाली ।
मानिसहरुको आफ्नै महात्वाकाङ्क्षाले सबै प्राणी, वनस्पति तथा सूक्ष्म जीवहरुको पनि हो यो पृथ्वी भन्न बिर्सिएर आफू केन्द्रित मानवीय क्रियाकलाप अघि बढाउँदा मानिसहरु मात्र रहने खतरा आएको छ र सारा वातावरण धूमिल हुनेछ र एकदिन यस्तो समय आउनेछ भनेर कवि बाउसेले सचेत गराएका छन् । शोषण र आतङ्क शीर्षकको कवितामा संसारै चुसाहाहरुको हो भन्ने भ्रम पार्दै तिमीहरु कहिले मेरो आँखा ढाकेर बस्छौ, कहिले आफ्नो इच्छाअनुसार मलाई डो¥याउन तिमीहरु मेरो नाकमा नत्थी कस्छौ ? भनेर कवि बाउसेले लेखेका छन् । लिगलिगकोटको नयाँ दौड शीर्षकको कवितामा दौडँदा दौडँदै वनमा डढेलो लगाएँ र रुखहरुलाई ठाडठाडै सुकाएँ भनिएको छ ।
खै कता हराए कुन्नि
तपाईहरुले कामधेनु मान्ने गरेका गाई !
उनका कविता सशक्त छन् र पाठकलाई एकपटक आफ्ना कामप्रति, आफ्ना जीवनशैलीप्रति सोच्न बाध्य पार्दछन् । विषयवस्तुुको हिसाबले अन्य साहित्यिक कविताभन्दा फरक भएकोले उनका कविता पढ्दा पाठकवर्गले छुट्टै रसास्वादन गर्न पाउँछन् भन्न सकिन्छ । तर, सरल भाषा शब्द तथा विम्बहरु प्रयोग गरी प्रस्तुतिलाई सरल बनाएकोले पाठकवर्गले सहजै बुझ्न सक्ने देखिन्छ । कवि बाउसेले कवितामा प्रयोग गरेका शब्द, विम्ब र यथार्थ चित्रणले जागरुकता ल्याउनेछ । परिवेशको जवानी शीर्षकको कवितामा तपाईहरुको खबरदारी सुनेरै मात्र पो हच्केका रहेछन् रुख काट्न तम्सनेहरु त, तपाईहरुसँग मात्र पो रमेको रहेछ हाम्रो हरित सभ्यता त भनेर कवि बाउसेले लेखेका छन् ।
विकासको नाममा विनाश रोजेर आफ्नो सुखसुविधाको महत्वाकाङ्क्षी सपना बोकेर मानिस अन्धो बनिरहेको छ र प्रकृति र त्यसको संरक्षण भुुल्दै गएको छ । भावी सन्ततिको भलाइ भुल्दै गएको छ, बेपर्वाह दौडिरहेको छ, भविष्यको चिन्ता छैन उनका कवितामा । स्वदेश प्रकाशनले वि.सं. २८० मा प्रकाशन गरेको पृष्ठसङ्ख्या १७४ को यो ‘पर्याप्रेमको गुञ्जन’ कविता सङ्ग्रहको मूल्य रु. ३००।– रहेको छ । अन्त्यमा कवि बाउसेका यस्तै अन्य कविताका सङ्ग्रह थपिँदै जाऊन् भन्ने कामना गरिन्छ ।











प्रतिक्रिया