काठमाडौं।
लुम्बिनी लायन्स जारी नेपाल प्रिमियर लिगको शीर्ष चारमा उक्लिएको छ ।
बुधबार त्रिवि रंगशालामा भएको खेलमा लुम्बिनीले विराटनगर किंग्सलाई ५ विकेटले हराएको हो । यो जितसँगैं लुम्बिनी ६ खेलमा ६ अंक नै जोडेर छैटो स्थानबाट चौथो स्थानमा उक्लियो । टोलीको अन्तिम खेल जनकपुर बोल्ट्ससँग हुनेछ ।
हार बेहोरे पनि विराटनगर ६ खेलमा ८ अंक जोड्दै तेस्रो स्थानमा यथावत रहेको छ । विराटनगरले आफ्नो अन्तिम खेलमा सुृदूरपश्चिमसँग खेल्नेछ । १० अंक जोडेको सुदूरपश्चिम अहिलेसम्म प्लेअफमा पुग्ने एक्लो टोली हो ।
पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । टोलीका लागि पहिलो पटक खेलेका दक्षिण अफ्रिकाका दिग्गज ब्याटर फाफ दु प्लेसिस बेअसर भए । उनी १२ रनमै अभिशेष गौतमको बलमा आउट भएका थिए ।
टोलीका लागि लोकेश बमले सर्वाधिक ३५ रन जोड्दा अन्यले खासै योगदान दिन सकेनन् । बलिङमा लुम्बिनीका शेर मल्लले सर्वाधिक ३ विकेट लिए ।
लुम्बिनीले जवाफमा १७.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य प्राप्त गरेको थियो । टोलीका लागि ओपनर डार्सी शर्टले सर्वाधिक ५९ रन बनाए । उनी चौथो विकेटको रुपमा आउट भएपछि निरोशन डिकवेल्ला र दिलीप नाथले पाँचौं विकेटका लागि विजयी साझेदारी गरेका थिए ।
उनीहरूले १ सय १२ रनबाट १ सय ४३ रनसम्म पु¥याएर जित सुनिश्चित गरेका थिए । दिलीप १६ रन बनाएर आउट भए भने निरोशन २९ रनमा नटआउट रहेका थिए्र । विराटनगरको बलिङमा सन्दीप लामिछाने र सुभाष भण्डारीले २÷२ विकेट लिएका थिए ।











प्रतिक्रिया