निर्वाचन हुन्छ, हुनै पर्छ : पूर्वप्रम प्रचण्ड 

1.13k
Shares

धादिङ । 

पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले अराजकता र सन्त्रासको समाधान  निर्वाचन नै विकल्प भएको बताएका छन् । बेनिघाटराेराङ गाउँपालिका प्रशासकीय भवनको बुधवार उद्घाटन गर्दै संविधानलाई ट्र्याकमा ल्याउन पनि चुनाव नै हुनुपर्ने बताए । 

भव्य समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले भने, “निर्वाचन हुन्छ, निर्वाचन हुनै पर्छ । संसद् पुन स्थापना विकल्प हो। तर, अहिले अवस्थामा निर्वाचन उत्तम विकल्प हो।” 

अर्को  प्रशंगमा प्रचण्डले प्रधानमन्त्री बन्ने र त्यसका लागि मरिमेट्ने इच्छा छैन। तर देश र जनताले माग्यो भने फेरि जिम्मेवारीबाट पन्छिने पनि मेरो बानी छैन।’

आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध अभियान नै चलाएको जिकिर गर्दै उनले आफूले राम्रो काम गर्न खोज्दा खोज्दै सङ्ख्याको बलमा आफूलाई सरकारबाट हटाइएको बताए ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको कारणले जेनजी विद्रोह भएको भन्दै जेनजीले उठाएको माग जायज रहेको उनको भनाइ छ । 

बुढीगण्डकी जलविद्युत आयाेजना निर्माणका लागि आफू प्रधानमन्त्री हुँदा सबैभन्दा धेरै बैठक बसेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले अब बूढीगण्डकी बनाउन पहल गर्ने बताए । 

बेनिघाटराेराङ गाउँ पालिका अध्यक्ष कृषणबहादुर थपलिया विवेककाे अध्यक्षतामा भएको भवन उद्घाटन समाराेहमा स्वागत गर्दै घेराे फाटेकाे टाेपि र कछाड, चाेलाे र फरिया लाउन सक्ने,  दुई छाक खान पुग्ने अवस्थामा गाउँ पालिकावासीलाई पुर्‍याउन लागिरहेको बताए ।

कार्यक्रममा सम्बोधन गर्दै गाउँ पालिका अध्यक्ष थपलियाले  एक वडा एक आवासीय विद्यालय बनाउँदै पचासवर्षपछिकाे लागि सपना देखेर विकास र समृद्धिका लागि काम गरेको बताए । 

३८ को भव्य भवनबाट गाउँ पालिकाले सेवा सञ्चालन गर्दा नागरिकको लागि काम गरिरहने अध्यक्ष थपलियाले प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा पूर्व सांसदहरु , संघसस्थाका प्रमुखहरु र गाउँ वासीको उपस्थिति रहेको थियो।