दुर्गा प्रसाईं रिहा


काठमाडौँ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । सर्वाेच्च अदालतका न्यायाधीशद्वय डा‌. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार थुनामुक्त गर्न आदेश दिएपछि प्रसाईं रिहा भएका हुन् । प्रसाईंका छोरा निराजन प्रसाईले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

अभिव्यक्तिलाई लिएर मात्र प्रसाईलाई पक्राउ गरिनु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता समेतको स्वेच्छाचारी उल्लंघन हुने अदालतको आदेशमा भनिएको छ।