सावित्राविना नै इन्डोनेसियाको त्रिदेशीय प्रतियोगितामा उपाधि लक्ष्य


काठमाडौँ ।

स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) बिना नै नेपाल महिला फुटबल टोली इन्डोनेसियामा हुने त्रिदेशीय प्रतियोगितामा खेल्ने तयारीमा छ। नोभेम्बर २६ देखि सुरु हुने प्रतियोगितामा नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेइ सहभागी छन्।

सावित्राको अनुपस्थितिपछि पनि नेपाली टोलीले आफूभन्दा बलियो मानिने चाइनिज ताइपेइ र घरेलु टोली इन्डोनेसियालाई पराजित गर्दै उपाधि जित्ने लक्ष्य राखेको छ। मुख्य प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा टोलीले पछिल्लो दुई हप्तादेखि अन्तिम चरणको तयारी गरिरहेको छ।