विघटित प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित एमालेको काठमाडौंमा वृहत जनसभा


काठमाडौँ । 

विघटित प्रतिनिधि सभाको पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौंमा सडक आन्दोलनमा उत्रिएको छ।

यही उद्देश्यसहित शनिबार काठमाडौंको भृकुटीमण्डपमा “संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी” भन्ने मूल नारासहित वृहत जनसभा आयोजना गरिएको हो।

जनसभालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने भनेर नेता पार्वत गुरुङले जानकारी दिएका छन्।