प्रचण्डसहित शीर्ष नेताको उपस्थितिमा ‘जेनजीसँग नेकपा’ कार्यक्रम


काठमाडौँ।

वाइसीएल नेपालले आज नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालयमा ‘जेनजीसँग नेकपा’ कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम मध्याह्न १२ बजे सुरु हुनेछ।

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिको रूपमा सहभागी हुने छन्। कार्यक्रममा प्रचण्डसहित अन्य शीर्ष नेताहरूको उपस्थिति रहनेछ। जेनजीहरूले चाहेको नेपाल तथा पार्टीको भूमिकाबारे अन्तरक्रिया कार्यक्रमभित्र हुनेछ।