मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. पुकार श्रेष्ठलाई बेलायतको ‘एफआरसीएस’ सम्मान

2.35k
Shares

काठमाडौं। 

नेपालमा कलेजो तथा मिर्गौला प्रत्यारोपण सेवा स्थापना र विस्तारमा असाधारण योगदान पुर्‍याउँदै आएका  वरिष्ठ प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठलाई बेलायतको रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्गले प्रतिष्ठित ‘फेलोसिप अफ द रोयल कलेज अफ सर्जन्स’ (एफआरसीएस) उपाधि प्रदान गरेको छ । अंग प्रत्यारोपण क्षेत्रमा विश्वस्तरीय नतिजा र नेतृत्व देखाएको भन्दै कलेजले उनलाई यो सम्मान प्रदान गरेको हो ।

बेलायतमै प्रत्यारोपण सम्बन्धी अध्ययन पूरा गरी अनुभव हासील गरी नेपाल फर्केर मिर्गौला र कलेजो प्रत्यारोपण सेवालाई स्थापना गरी विश्वस्तरको बनाउन महत्वपूर्ण योगदान पु¥याए बापत डा श्रेष्ठलाई  एफआरसीएस उपाधी बाट सम्मान गरिएको हो । उक्त कलेजका पहिलो महिला अध्यक्ष डा.त्यस्लेयर मेट्सनाउटले उक्त उपाधी प्रदान गरेकी थिइन् । सो उपाधी प्रदान गर्दा  प्रर्व अध्यक्ष प्रो. रोवन पाक्र्स; इङ्गल्याण्डका सह–प्राध्यापक कमल अर्याल उपस्थित थिए । 

प्रत्यारोपण ९९ प्रतिशत भन्दा बढी सफलताका साथ सम्पन्न गरेको छ भने मुलुकमा कलेजो प्रत्यारोपण सेवा शुरुवात गरेको इतिहास छ । उनले निःशुल्क मिर्गौला प्रत्यारोपण, विभिन्न स्थानमा सेवा विस्तार, प्रत्यारोपण कानुन बनाउनका साथै अंगदान र प्रत्यारोपण सम्बन्धी जनचेतना अभिवृद्धिको लागि महत्वपूर्ण भूमिका खेलेका थिए ।

डा पुकार चन्द्र श्रेष्ठले मस्तिष्क मृत्यु भएको व्यक्तिबाट  १३ जनाको मिर्गौला, ४ जनाको कलेजो र एक जनाको संयुक्त मिर्गौला र कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेका थिए । हाल सम्म जम्म १८ जनाको प्रत्यारोपण गरी सकेका छन् । यस्तै अति जोखिम मानिने एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण तथा मिर्गौला दातामा ४ रगतको नसा (आट्री) सम्म भएको जटिल शल्यक्रिया समेत गरी सकेका छन्  ।    

एडिनवर्ग बाटै सन २००० मा प्रत्याारेपण सम्बन्धी तालिमको शुरुवात गरेका डा श्रेष्ठले उक्त कलेजबाटै एमआरसिएस कलेजको मेम्बरसिप उपाधि हाँसील गरेका थिए भने बेलायतको प्रतिष्ठत फ्रिम्यान अस्पताल लगायत  अन्य अस्पतालबाट प्रत्यारोपण सम्बन्धी तालिम लिएका थिए । 

डा पुकारकै नेतृत्वमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा देशकै दुई तिहाइ भन्दा बढी कलेजो र मिर्गौला प्रत्यारोपण भएकोछ छ भने प्रत्यारोपण स्वास्थ्य विज्ञान बनाउने र ५०० बेडको आफ्नै भवन बनाउने डा श्रेष्ठको सपना भने अधुरै रहेको छ । प्रत्यारोपण सेवा देशमै स्थापित भएपछि वर्षेनी दुई अरब भन्दा बढी रकम विदेशिने गरेकोमा अब उक्त रकम सञ्चित हुने गरेको छ । 

 उच्च अध्ययनपछि विकसित देशमै राम्रो अवसर हुँदाहुँदै स्वदेश फर्केर प्रत्यारोपण सेवा स्थापना गर्ने निर्णय डा. श्रेष्ठको ठूलो त्याग थियो । नेपालमा प्रत्यारोपण सेवा प्रारम्भिक चरणमै सीमित रहँदा, उपकरण तथा पूर्वाधार अभावका कारण बिरामीहरूले विदेशमा महँगो उपचार गर्न बाध्य हुने अवस्था थियो । यही अवस्थालाई बदल्ने लक्ष्यसहित उनले मिर्गौला र कलेजो प्रत्यारोपणको यात्रा सुरु नेपालको पुरानो वीर अस्पतालमा शुरु गरे ।

डा. श्रेष्ठले वीर अस्पतालमै पहिलोपटक मिर्गौला प्रत्यारोपण सेवा सुरु गरे । सीमित स्रोत साधनका बावजुद्ध चुनौतीपूर्ण वातावरणमा सुरु गरिएको यो सेवाले नेपालमा प्रत्यारोपण चिकित्सा सम्भव छ भन्ने विश्वास जगायो । त्यसपछि उनले प्रत्यारोपण सेवालाई संस्थागत र विशेषज्ञ स्तरमा विस्तार गर्न २०६९ सालमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापना तर्फ सरकारको ध्यानकर्षण गराए । जसले देशको प्रत्यारोपण सेवामा आमूल परिवर्तन ल्यायो । हालसम्म डा. श्रेष्ठकै नेतृत्वमा केन्द्रमार्फत १ हजार ६ सयभन्दा बढी बिरामीमा सफल मिर्गौला प्रत्यारोपण गरिसकिएको छ । डा. श्रेष्ठको टोलीले मस्तिष्क मृत्यु भएका दाताबाट १३ जनामा मिर्गौला, ४ जनामा कलेजो तथा एक जनामा संयुक्त कलेजो–मिर्गौला प्रत्यारोपण समेत सफलतापूर्वक सम्पन्न गरेको छ । मृत दाता प्रत्यारोपणलाई नेपालमा संस्थागत गर्ने प्रयासमा यो महत्वपूर्ण उपलब्धि मानिन्छ ।

रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्गले डा. श्रेष्ठलाई एफआरसीएस उपाधि प्रदान गर्दै उनलाई “नेपालमा प्रत्यारोपण चिकित्सा क्षेत्रको आधार निर्माण गर्ने अग्रणी व्यक्तित्व” भन्दै सम्मान गरेको छ ।

हालै सरकारी सेवाबाट सेवा निवृत्त  भएका डा पुकारले गैर नाफा मुलक संस्था स्थापना गरी प्रत्यारोपण सेवालाई अझ ससक्त र सर्वसाधारणको पहुँच सम्म ल्याउन प्रतिवद्दता सहित समर्पित हुने इच्चा व्यक्त गरेका छन् ।

स्वदेशमै विश्वस्तरीय प्रत्यारोपण सेवा उपलब्ध गराउने डा. श्रेष्ठको योगदानले नेपाललाई अन्तर्राष्ट्रिय स्वास्थ्य मानचित्रमा पहिचान दिलाएको चिकित्सकहरूको भनाइ छ । यो सम्मानले आगामी वर्षमा प्रत्यारोपण सेवा अझ सुदृढ र प्रभावकारी बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ ।