मेलम्ची खानेपानी आयोजनाको पथान्तरण विवाद समाधान


काठमाडौँ।

मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिएको विवाद समाधान भएको छ ।

उर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थितिमा मंगलबार राति १० बजेसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र सरोकारवालाहरुको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरी विवाद समाधान गरिएको हो ।

मेलम्चीवासीसंग सरकारले गरेको पूर्व सम्झौता कार्यान्वयन नगरेको भन्दै २० कार्तिकदेखि काठमाडौँ ल्याइएको पानी स्थानीयवासीले अवरुद्ध पर्दै आएका थिए।