काठमाडौं।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगिताको उदघाटन खेलमा मंसिर १ गते जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ । जनकपुर बोल्ट्स पहिलो संस्करणको एनपीएलको विजेता टोली हो ।
यस पटक कीर्तिपुरस्थित त्रिवि मैदानमा खेलहरू साँझ हुने पनि जनाएको छ । खेलहरू फ्लडलाइटमा खेलाइने भएको हो । यसले गर्दा यसपटक एनपीएलका खेलहरूमा रोमाञ्चक हुने देखिन्छ । नयाँ प्यारापिट निर्माण भइसकेकोले दर्शकहरूले छुट्टै मजा लिने पनि आयोजकहरू र प्रतिस्पर्धी टोलीहरूले आस गरेका छन्
दोस्रो संस्करणको एनपीएलमा पहिले झैं आठ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा, च्याम्पियन जनकपुर बोल्ट्स, रनरअप सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र चितवन राइनोज रहेका छन् ।











प्रतिक्रिया