भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै


काठमाडौँ।

मातृभूमि जागरण अभियान, नेपाल चलाइरहेका नेता डा. भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । बुधबार दिउँसो साढे १ बजे राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिष्ट पार्टीबीच समायोजन हुने भएको हो ।

कार्यक्रमलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव कुमार नेपाल, मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावलले सम्बोधन गर्ने बताइएको छ ।

नेपाली कम्युनिष्ट पार्टीमा रावललाई नारायणकाजी श्रेष्ठ, बामदेव गौतम सरहकै वरियता दिने गरी सहमति भएको बताइएको छ।