प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच आगामी निर्वाचनबारे छलफल


काठमाडौँ ।

प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा आगामी फागुन २१ मा हुने निर्वाचनको तयारी र राजनीतिक वातावरणबारे चर्चा गरिएको थियो।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको भावना अनुसार सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताइन्। पूर्वराष्ट्रपति यादवले सबै राजनीतिक दलहरू चुनावमा जानैपर्ने र लोकतान्त्रिक प्रक्रियालाई अघि बढाउन निर्वाचन नै सर्वोत्तम उपाय भएको बताए। उनले सरकारले निर्वाचन तयारीमा देखाएको सक्रियताको प्रशंसा गर्दै नागरिक समाजलाई समेत संवादमा सहभागी गराउन सुझाव दिए।

भेटमा अर्थमन्त्री रामेश्वर खनाल र सञ्चारमन्त्री जगदीश खरेलको पनि उपस्थिति थियो। सरकारले आगामी निर्वाचन सफल बनाउन विभिन्न पक्षहरूसँग संवाद तीव्र रूपमा अघि बढाएको जनाएको छ।