काठमाडौं।
नवनियुक्त युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भए लगतै जेनजीतर्फका मन्त्री बब्लु गुप्ताले राष्ट्रिय महिला फुटबल टिमको व्यवस्थापनबारे जानकारी लिएका छन् । मन्त्री गुप्ताले भारत भ्रमणमा रहेको नेपाली टोलीबारे जानकारी लिन अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईलाई फोन गरेका हुन् । उनले महासचिव राईसँग गरेको फोन प्रत्यक्ष भिडियो सामाजिक संजालमा राखिएको हो । जसमा, मन्त्रीले स्पष्टीकरण लिइरहँदा एन्फा महासचिव राई हडबडाएको प्रस्टै देखिन्छ ।
नेपाली टोलीको व्यवस्थान निकै कमजोर भएको थियो । उनीहरूले इरान र भारतसम्मिलित त्रीदेशीय आमन्त्रण अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेलगतै अर्को खेल पनि खेल्नु परेको थियो । जसमा, फिफाको नियम अनुसार दुई खेलको बीचको समय ७२ घण्टाको ग्याप हुनुपर्दछ । तर, नेपालले भारतसँग खेलेको ४५ घण्टामा अर्को मैत्री खेल खेल्नु परेको थियो ।
यसबीचमा नेपाली खेलाडीले खान नपाएको, आराम नपाएको गुनासो गरेका थिए । यस विषयमा समाचार आएपछि यसमा मन्त्री गुप्ताको ध्यानाकर्षण भयो र सीधै एन्फा महासचिव राईलाई फोन गरे । उनले गाडीबाट नै लाइभ गरेर फोनमा भएको कुराकानी सामाजिक संजालमा राखिएको थियो । जुन अहिले सामाजिक संजालमा पुरै भाइरल बनिसकेको छ ।
मन्त्री गुप्ताले नेपाली खेलाडीको ब्यवस्थापन ठिक भयो कि भएन भन्ने नै नहुँदासम्म टिमलाई कतै पनि पठाउन नमिल्ने भन्दै महासचिव राईलाई चेतावनी दिएका थिए । फोनमा भएको कुराकानी अनुसार महासचिव राईले उतैबाट व्यवस्थापन हुने बताएका थिए । तर, मन्त्री गुप्ताले उताबाट नै व्यवस्थापन नगरे त खेलाडीको विचल्ली नै हुने भनेर राईलाई थर्काए ।
यो पहिलो पटक होइन यस्तो भएको । यसअघि विदेशी कोचको नेतृत्वमा उज्बेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटको भ्रमण ताका पनि व्यवस्थापन ठिक नभएको विषय उठेको थियो । ती विदेशी कोचले नेपाली खेलाडीलाई राम्रो खाना नखुवाएको, स्वास्थ्यबारे कुनै चिन्ता नलिएको भन्दै व्यवस्थापन कमजोर रहेको बताएका थिए ।
उनी एन्फा नसुध्रेसम्म नेपालमा नफर्कने भनी उतैबाट बेल्जियम फर्केका थिए । तर, यहाँ टिमसँग सम्बन्धित केही पदाधिकारीले पत्रकार सम्मेलन गरी उल्टो कोचलाई नै दोषी ठहराई आफूहरू सही भएको भन्ने कोशिस गरे । तर, यसपटक पनि व्यवस्थापन ठिक नभएको विषयमा भने जेनजी मन्त्रीले एन्फालाई थर्काएका छन् ।
उज्वेकिस्तानमा भएको खराव व्यवस्थापनको सर्वत्र आलोचना भएको देख्दादेख्दै एन्फाले फेरि एकपटक त्यही गल्ती गरेको छ । यसपटक भने नागरिक सरकारको मन्त्री नियुक्त भएको हुँदा एन्फासँग यसबारे कुराकानी गर्नु पर्ने समेत भनेको छ । मन्त्री गुप्ताले कुनै पनि राष्ट्रिय टिम विदेश यात्रामा जाँदा टिमको विस्तृत भ्रमण तालिका नराखेको भन्दै एन्फा महासचिवसँग असन्तुष्टि पोखेका थिए ।
मन्त्री गुप्ताले मन्त्रीमा नियुक्त हुनेवित्तिकै मन्त्रालयअन्तर्गतका सबै खेल संस्थाहरुले आफ्ना बैठक लाइभ गर्नुपर्ने निर्णय गरेका थिए । सोहीअनुसार उनले पनि एन्फा महासचिवको साटो लिएको भिडियो रेकर्ड गराएर सार्वजनिक गरेको भनिएको छ । यसमा धेरै जसो खेलप्रेमीहरूले मन्त्रीले बल्ल राम्रो काम गरे भनेर टिप्पणी आइरहेको छ भने एन्फाविरुद्ध नकारात्मक टिप्पणी ओइरहेको छ ।











प्रतिक्रिया