विप्लव नेतृत्वको पार्टीले दल दर्ताका लागि आयोगमा दियो निवेदन


काठमाडौँ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । दल दर्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित नेताहरु सन्तोष बुढामगर, कर्णजित बुढा लगायत आयोगको कार्यालयमा पुगेर ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका हुन् ।