विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ।

स्याङ्जाको शिशुकल्याण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापासहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको लागि कम्प्युटर तथा ल्यापटप खरिद गर्दा उनीहरूले चार लाख ७१ हजारभन्दा बढी रकम भ्रष्टाचार गरेको ठहर गर्दै आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा शिशुकल्याण माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रविलाल लुइँटेल र तत्कालीन लेखापाल छविलाल गाहा छन् ।

शिशुकल्याण माध्यमिक विद्यालयकाका तत्कालीन प्रधानाध्यापकले आर्थिक हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा कम्प्युटर, ल्यापटप, प्रोजेक्टर, प्रिन्टर खरिद गर्दा उनीहरूले चार लाख ७१ हजार ६६७ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले दायर गरेको मुद्दामा उनीहरू प्रत्येकसँग चार लाख ७१ हजार ६६७ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।