उदयपुर।
उदयपुरको कटारी नगरपालिका वडा ४ बिजुलेडाडामा शुक्रबार दिउसो ३ः२० बजे सिद्धिचरण लोकमार्गमा कटारीबाट लेखानी तर्फ जाँदै गरेको बा ७ च ३६९५ नं बोलेरो पिकअप आँफै अनियन्त्रित भई सडकको बायाँ साइडमा पल्टी दुर्घटना हुँदा बोलेरोमा सवार १५ जना घाइते भएका भएका छन ।
घाइतेहरूलाई उपचारको लागि तत्काल प्रादेशिक अस्पताल कटारीमा ल्याई उपचार भइरहेको छ । बिरामीको अवस्था अनुसार सुविधा सम्पन्न अस्पतालहरुमा रेफर गर्ने तयारी समेत भइरहेको छ । बोलेरो घटनास्थलमै रहेको, घटनाको कारण सडक अवरोध भएको छैन । बोलेरो चालक कटारी नगरपालिका वडा नं. १४ लेखानी बस्ने वर्ष ३० को सागर राईलाई इलाका प्रहरी कार्यालय कटारीको नियन्त्रणमा राखी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
सो दुर्घटनामा परी घाइते हुनेहरुमा जि. सिन्धुली दुधौली न.पा. वडा नं. १४ बस्ने वर्ष ६७ को क्षेत्र बहादुर मगर, कटारी न.पा.वडा नं ८ बस्ने वर्ष ४५ को अर्जुन तामाङ, ऐ.ऐ बस्ने वर्ष २५ की राममाया तामाङं रहेका छन् । यसैगरी अन्य घाइतेहरमा कटारी १४ कै ऐ.ऐ. बस्ने वर्ष ३३ की मिना कुमारी तामाङ, ऐ.ऐ. वडा नं।.४ बस्ने वर्ष ३० को दुर्गा दुलाल, ऐ.ऐ. बस्ने वर्ष २४ की मनिषा दुलाल रहेका छन् । यसैगरी सो दुर्घटनामा परेर ऐ.ऐ .वडा नं ९ बस्ने अनिल तामाङको छोरा वर्ष १३ को लाटाङ तामाङ, ऐ.ऐ. वडा नं.८ बस्ने वर्ष ५२ को दिल बहादुर तामाङ, ऐ.ऐ. वडा नं ८ का वर्ष ५९ को अमृत बहादुर तामाङ, ऐ.ऐ. वडा नं ८ बस्ने वर्ष ६२ को रत्नलाल तामाङ रहेका छन् ।
अन्य घाइतेहरुमा ऐ.ऐ.बस्ने वर्ष ४३ को मान बहादुर श्रेष्ठ, ऐ.ऐ.बस्ने वर्ष ६८ को कृष्ण राई, ऐ वडा नं.१४ बस्ने वर्ष ३४ को देव बहादुर राई, ऐ वडा नं ५ बस्ने सोम बहादुर तामाङको छोरा वर्ष ६ को चन्द्र बहादुर तामाङ र ऐ बस्ने वर्ष २२ की लक्ष्मी तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया