काठमाडौँ।
प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र दलहरुबीच अपराह्न साढे ४ बजेदेखि छलफल चलिरहेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार छलफलमा नेताहरु पालैपालो आफ्नो धारणा राखेका छन्। बैठकमा सहभागी एमाले नेताहरूले वर्तमान सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरेका छन्। उनीहरू चुनावको विरोध भने गरेका छैनन्।
सर्वदलीय बैठकमा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली सहभागी छन्।
जारी बैठकमा शंकर पोखरेल, पम्फा भुसाल, प्रेम सुवाल, राजेन्द्र गुरुङ, गगन थापा, स्वर्णिम वाग्ले, रेशम चौधरी, चन्दन सिंह, राजेन्द्र पाण्डे, उपेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्लाले आफ्नो धारणा राखिसकेका छन् ।











प्रतिक्रिया