धनगढी।
प्यालेस्टिन कट्टरपन्थी समूह हमासले बन्धक बनाएको अवस्थामा मारिएका कञ्चनपुरको भीमदत्त नगरपालिका –३ का विपिन जोशीको शव गृह जिल्ला कञ्चनपुर लगिएको छ ।
नेपाली सेनाको स्काइ ट्रकमार्फत कामाडौंबाट धनगढी ल्याइएको विपिनको शव नेपाल प्रहरीकोे स्कर्टिङमा उनको घरमा लगिदैँछ । धनगढी उपमहानगरपालिकाको शव बाहनमा घरतर्फ लगिदैँ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।











प्रतिक्रिया