७ राउन्ड गोलीसहित एक जना पक्राउ

5.17k
Shares

भक्तपुर ।

भक्तपुरबाट ७ राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।  जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक( डिएसपी )प्रकाश जवेगुका अनुसार ७ राउन्ड गोलीसहित सर्लाहीको लालबन्दी नगरपालिका ५ का ४० वर्षीय गोपाल विक पक्राउ परेका हुन् । 

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीस्थित सकुम्बासी बस्तीमा बस्दै आएका बिकको साथबाट  ५६ केएफ १३ उल्लेख लाइभ राउण्ड फेला परेको छ ।

बिकलाई भक्तपुर जिल्ला अदालतबाट चार दिन म्याद थप गरी हातहतियार खरखजना कसुरमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

गोली जेनजी आन्दोलनका क्रममा लुटिएका हुन् कि होइनन् भन्ने एकिन नभइ सकेको प्रहरीको भनाई छ ।