काठमाडौं।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंस्थित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई आइतबार घुुस रकमसहित रंगेहात पक्राउ गरेको छ । अख्तियारको टोलीले वीर अस्पतालको आर्थिक प्रशासन शाखाबाट आइतबार साँझ दाहाललाई रंगेहात नियन्त्रणमा लिएको हो ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९, बोडेका ५० वर्षीय दाहाललाई १ लाख २० हजार ८ सय ५० रुपियाँ घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । दाहालको साथबाट एउटा मोबाइल र सम्बन्धित कागजातहरू पनि बरामद गरिएको छ ।
उनले विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुसवापतको रकम लिई कार्यकक्षमा लुकाउन खोजिरहेका बेला अख्तियारको टंगालस्थित मुख्यालयबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको थियो ।











प्रतिक्रिया