लिची बगान जग्गा प्रकरण: दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौँ।

पोखराको लिची बगानको जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उक्त्त मुद्दामा ७८ लाख रुपियाँ बिगो दाबी गरिएको छ।

गुप्ताले बिचौलियाहरूसँग घुस डिल गरेको आडियो सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

यही प्रकरणमा एमालेकै अर्का पूर्वमन्त्री बलराम अधिकारीको नामसमेत लिइएको छ। अधिकारीको संलग्नता अहिले स्पष्ट नभइसकेकाले अनुसन्धान जारी रहेको र त्यो सकिएपछि पूरक अभियोग लैजान सकिने बताइएको छ ।