काठमाडौं ।
सिराहा र सप्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।
सिराहाको नरहा गाउँपालिकामा मोटरसाइकल पिकअप भ्यानमा ठोक्किँदा अन्दाजी २० वर्षीय युवकको लहानमा उपचारको क्रममा मृत्यु भयो।
यस्तै, सप्तरीको खड्क नगरपालिका–११ मा पिकअपले ठक्कर दिँदा १८ वर्षीय पैदलयात्री अमन मण्डलको मृत्यु भएको छ। दुबै घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।











प्रतिक्रिया