काठमाडौं ।
अविरल वर्षा र पहिरोका कारण कोशी र बागमती प्रदेशका पाँच ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ७ बजे जानकारी दिएअनुसार संखुवासभाको भोटखोला र मकालु गाउँपालिकामा सडक अवरुद्ध भएको छ ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ मा नेपाल–चीन नाका जोड्ने पुलनेर सडक र पासाङ ल्हामु सडकखण्ड पनि अवरुद्ध छन् ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ मा पहिरो गएपछि अरनिको राजमार्गमा समेत अवरुद्धता आएको छ ।
असार २४ गतेदेखि रसुवामा बाढीले सडक अवरुद्ध छ भने पासाङ ल्हामु सडकखण्डमा असोज १६ गते पहिरोले यातायात प्रभावित भएको छ ।












प्रतिक्रिया