काठमाडौं ।
बर्दिबास नगरपालिका खैरमारामा काठमाडौं जाने क्रममा बस दुर्घटना हुँदा स्थानीय ८० वर्षीया चुल्हाइ चौधरीको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ। दुर्घटना आज बिहान ना ६ ख १४६३० नम्बरको बसले सडकमा पल्टिँदा भएको हो। बसमा एकजना च्यापिएको थियो।
प्रहरीले घटनास्थल पुगेर घाइतेहरुको उद्धार गरी अस्पताल पठाएको छ। दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ।











प्रतिक्रिया