झापामा यात्रुबाहक बस दुर्घटना : २ जनाको मृत्यु, १३ घाइते


काठमाडौं ।

बिर्तामोड–६ मा शुक्रबार बिहान सगरमाथा यातायातको यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

विराटनगरबाट काँकडभिट्टा जाँदै गरेको बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो।
मृतकमा इटहरीका ४६ वर्षीय दिनेशकुमार भट्टराई र रंगेलीका ४२ वर्षीय राजकुमार चौधरी छन्। चौधरी बसका कन्ट्याक्टर थिए।

घाइतेहरूको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ। केहीको अवस्था मध्यम रहेको छ। दुर्घटनापछि बस चालक फरार रहेको र खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।