राष्ट्रपति पौडेलले शुभ साइतमा टीका लगाए


काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा सोमबार बिहान ११ः५३ को शुभ साइतमा पुरोहित अर्जुन अधिकारी र देवराज अर्यालबाट टीका र जमरा ग्रहण गरेका छन्।

शीतल निवासमा सम्पन्न कार्यक्रममा राष्ट्रपति पौडेलले टीका लगाएपछि प्रथम महिला र परिवारका सदस्यलाई पनि टीका लगाइदिएका थिए।

यो जानकारी राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्काले दिइन्।