काठमाडौं ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्नो १४ सदस्यीय सचिवालयबाट ६ सल्लाहकार र विज्ञ हटाएका छन्।
संघीय सरकारको खर्च कटौती सम्बन्धी निर्देशनपछि राजनीतिक तथा जनसम्पर्क सल्लाहकारसहित शिक्षा, ग्रामीण विकास, पूर्वाधार र अर्थ क्षेत्रका ४ विज्ञलाई हटाइएको हो।
मुख्यमन्त्रीले अनावश्यक खर्च रोक्न र कार्यसम्पादन सुधार गर्न निर्णय लिएको जनाइएको छ। अहिले पनि सचिवालयमा तोकिएको भन्दा ५ जना बढी रहेका छन्।











प्रतिक्रिया