संविधानको दशकः पूर्वराष्ट्रपति यादवद्वारा संयम र सुधारको आग्रह


काठमाडौ ।

संविधान जारी भएको १० वर्ष पूरा भएको अवसरमा पूर्वराष्ट्रपति डा। रामवरण यादवले एक विशेष अन्तर्वार्तामा हालको आन्दोलन, संविधानको कार्यान्वयन, राजनीतिक विकृति र अबको मार्गचित्रबारे स्पष्ट धारणा दिएका छन्।

उनले संविधान जारी गर्दा जनताको लामो संघर्ष र सपना साकार भएको भावनाले आफू ओतप्रोत भएको बताए। उनले पछिल्लो समयमा देखिएको भ्रष्टाचार, दलहरूमा देखिएको निरंकुश प्रवृत्ति, सामाजिक सञ्जालमाथि भएको प्रतिबन्ध र त्यसबाट उत्पन्न युवा आन्दोलनलाई सरकारको असफलता भनेका छन्।

७४ जनाको ज्यान गएको घटनालाई निन्दनीय र लोकतन्त्रविरुद्धको सुनियोजित हमला भन्दै यादवले सत्य र गम्भीर छानबिन गर्नुपर्ने बताए। संघीयता आवश्यक भए पनि त्यसको खर्च कम गर्ने उपाय खोज्न सुझाव दिएका छन्।

राष्ट्रपति पौडेलको पहलपछि नयाँ सरकार बनेको र छ महिनाभित्र स्वतन्त्र, निष्पक्ष निर्वाचन गरेर मुलुकलाई पुनः लयमा फर्काउनुपर्नेमा उनले जोड दिए। युवा पुस्तालाई संयमित भई राष्ट्रिय एकता बलियो बनाउने आह्वान गर्दै लोकतन्त्रको रक्षा र सुधारमा सबै लाग्नुपर्ने उनको आग्रह छ।