काठमाडौं ।
सुनसरीको धरान उपमहानगरपालिका–४ बुद्ध बिहारबाट करिब २ सय ७५ किलोग्राम अवैध लागूऔषध गाँजा सहित धनकुटा साँगुरीगढी गाउँपालिका–८ निवासी १९ वर्षीय बिबसन राईलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले भेडेटारबाट धरानतर्फ गाँजा ल्याइरहेको सूचनाका आधारमा निगरानी गर्दा संलग्न व्यक्तिहरू बोरा फाली फरार भएका थिए।
तीमध्ये बिबसन राईलाई पक्राउ गरिएको हो।हाल प्रहरी फरार व्यक्तिहरूको खोजी र घटनासम्बन्धी आवश्यक अनुसन्धानमा जुटिरहेको छ।











प्रतिक्रिया