सरकारी पत्रु सामान लिलाम गरेर बिक्री हुने


काठमाडौं ।

सरकारले सबै मन्त्रालयका जलेर काम नलाग्ने भौतिक संरचना, सवारी साधन, उपकरण र मेसिनरी औजारलाई लिलाममार्फत बिक्री गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को निर्णय अनुसार न्यूनतम मूल्य तोकी यी सामानहरू लिलाम गरिने छन्। अर्थ मन्त्रालयले अभिलेखबाट हटाउने प्रक्रिया अघि बढाइसकेको छ भने शहरी विकास मन्त्रालय र स्थानीय प्रशासनमार्फत देशभर लिलामको व्यवस्था मिलाइनेछ।