काठमाडौँ ।
हामी नेपालका अध्यक्ष सुदन गुरुङले जेन जी पुस्तालाई हिंसा त्याग्न र संयमता अपनाउन आग्रह गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत् उनले एक्स्पोज झोले ट्रेन्ड जस्ता क्रियाकलापले सकारात्मक आन्दोलनलाई हानी पुर्याउने चेतावनी दिएका हुन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आक्रमण गर्ने भनिएको टिकटक ट्रेन्डको विषयमा बोल्दै उनले युवालाई सडकको अराजकता होइन, निर्वाचनमार्फत परिवर्तन ल्याउन प्रेरित गरे।
गुरुङले भने, “हाम्रो आन्दोलन आशाको हो, घृणाको होइन। निर्माणको हो, विनाशको होइन।”
उक्त सन्दर्भमा अध्यक्ष ओलीले पनि भक्तपुरमा आयोजित कार्यक्रममा सरकारले सुरक्षा हटाउन खोजेको भन्दै गुनासो गरेका थिए।











प्रतिक्रिया