श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ


दाङ। 

आफ्नै श्रीमती ५७ वर्षीया लीला पुनको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-३ रनगैरा बस्ने ५७ वर्षीय सुकराम पुनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

सुकरामले लिलालाई कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।