नवरात्र तेस्रो दिन : माता चन्द्रघण्टाको पूजा


काठमाडौं ।

शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दू धर्मावलम्बीहरूले माता चन्द्रघण्टा देवीको श्रद्धा र भक्तिसाथ पूजा–आराधना गरिरहेका छन्।

शान्त, सौम्य र शक्तिशाली स्वरूपकी चन्द्रघण्टाको पूजा गर्नाले आत्मबल वृद्धि, नकारात्मक ऊर्जा नाश र पारिवारिक सुख–शान्ति प्राप्त हुने धार्मिक विश्वास छ।

दूधजन्य परिकार, रातो फूल र गन्ध अर्पण गरी विधिपूर्वक पूजन गरिन्छ। राजधानीका शोभा भगवती, गुह्येश्वरी, नक्साल भगवतीलगायत शक्तिपीठमा दर्शनार्थीको भीड देखिएको छ।