ललितपुरमा आगलागी, ५ लाखको धनमाल नष्ट


काठमाडौं । 

ललितपुर महानगरपालिका–१२ प्रयागपोखरीस्थित केदार बहादुर श्रेष्ठको भान्सा कोठामा मंगलबार दिउँसो आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।