ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु


काठमाडौं । 

बाँकेको खजुरा गाउँपालिका–२ ए गाउँस्थित सडकमा ट्याक्टरको ठक्करबाट स्कुटर चालक ४८ वर्षीय सोबिन्द्र सिंह ठकुरीको मृत्यु भएको छ।

भे.२ त १४०० नम्बरको ट्याक्टरले मंगलबार दिउँसो ठकुरी सवार भे.१३ प ४४०९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। गम्भीर घाइते ठकुरीको नेपालगञ्जस्थित सञ्जीवनी अस्पतालमा उपचारका क्रममा मृत्यु भयो।

स्कुटरमा सवार अर्का एकजना घाइतेको उपचार भइरहेको छ। ट्याक्टर चालक फरार रहेको र प्रहरीले खोजी तथा अनुसन्धान जारी राखेको छ।