उदयपुरको सिंचाईमा एकसय अठार बढी योजनाको काम

940
Shares

उदयपुर ।

उदयपुरको जलश्रोत तथा सिंचाई विकास डिभिजनले आर्थिक वर्ष २०८१।०८२ मा उदयपुर जिल्लाभित्र प्रदेश सरकारको पुँजिगत तर्फको ससाना योजनाहरु १ सय १८ भन्दा बढी कार्यान्वयन गरेको छ ।

खेती योग्य जग्गामा सिंचाईको व्यवस्थापन गर्न नेपालमा संघीयता कार्यान्वयनका क्रममा तत्कालिन सिंचाई विकास डिभिजनको नाम परिवर्तन गरेर प्रदेश सरकार मातहत राखेर जलश्रोत तथा सिंचाई विकास डिभिजन बनाइएको हो ।

उदयपुरस्थित जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख तथा सिडिई उदित शाहीका अनुसार आ. ब ०८१।८२ मा ३ वटा कार्यक्रममा प्रदेश जलश्रोत तथा सिंचाई विकास कार्यक्रममा प्रदेश सरकारबाट ७ करोड ३७ लाख प्राप्त भएको, जल उत्पन्न समिति कार्यक्रममा ४ करोड ७३ लाख, कुल योजना संख्या १सय१८भन्दा बढी रहेको र कोशी प्रदेश को बजेट १२ करोड ७३ लाख रहेको छ ।

उदयपुुर जिल्लाको कुल क्षेत्रफल २ लाख ६ हजार ३ सय हेक्टर मध्ये कृषि योग्य भूमिको क्षेत्रफल २८ हजार १६२.३० हेकटर अर्थात १३.६५ प्रतिशत रहेको छ । सिंचाई योग्य भूमिको क्षेत्रफल पनि २८ हजार १ट३.३ हेक्टर रहेको छ भने जिल्लाको कुल सिंचित क्षेत्रफल २५ हजार ७ सय १२ हेक्टर अर्थात् ९१ प्रतिशत रहेको छ ।

बाह्रै महिना सिंचित हुने जग्गाको क्षेत्रफल १२ हजार ४ सय २१ हेक्टर(४८.१५प्रतिशत) रहेको जलश्रोत तथा सिंचाई विकास डिभिजन उदयपुरले जनाएको छ ।

कार्यालय प्रमुख तथा सिडिई शाहीका अनुसार आ. ब २०८१।०८२मा वितिय प्रगति ९९ प्रतिशत र भौतिक प्रगति १०० प्रतिशत नै गर्न सफल भएको छ । संघतर्फको योजना माग गरेको र एडिबीबाट ऋणप्राप्त भएकोले २ वटा योजनामा ठेक्का आब्हान गरिएको छ ।

उक्त कार्यालयका सूचना अधिकारी तथा सिनियर इन्जिनियर हरेराम मण्डलले उदयपुरका पालिकाहरुमा भएका कामका बारेमा जानकारी दिंदै कटारी नगरपालिकामा नदी नियन्त्रण सम्बन्धी योजना १० वटा, सिंचाई सम्बन्धी योजना ९ वटा रहेको, त्रियुगा नगरपालिकामा नदी नियन्त्रण सम्बन्धी १५ वटा र सिंचाई सम्बन्धी ९ वटा योजना सम्पन्न भएको बताए ।

यसैगरी उदयपुरगढी गाउँपालिका अन्तर्गत ५ वटा सिंचाई योजना र नदी नियन्त्रण सम्बन्धी योजना ३ वटा सम्पन्न भएको छ । चौदण्डीगढी नगरपालिकामा १० वटा सिंचाई योजना तथा नदी नियन्त्रण सम्बन्धी योजना १० वटा नै कार्यान्वयन भएको जानकारी दिंदै बेलका नगरपालिकामा सिंचाईका ३ वटा योजना र नदी नियन्त्रण सम्बन्धी २ वटा काम भएको छ ।

रौतामाई गाउँपालिकामा ४ वटा सिंचाई योजनाको काम भएको,ताप्ली गाउँपालिकामा सिंचाई योजनाको १ वटा, नदी नियन्त्रणको १ वटा र लिम्चुङबुङ गाउँपालिकामा १ वटा सिंचाई योजनाको काम भएको सूचना अधिकारी मण्डलले बताए ।
उनले जिल्लामा क्षतिग्रस्त सिंचाईका संरचना मर्मत, पहाडी सुख्खाग्रस्त सिंचाई कालागि मूल संरक्षण तथा पानी प्रवाही करण समेतकालागि योजना र नदी नियन्त्रणका आकस्मिक बाढी पहिरो तथा निर्माण कार्य र जोखिम युक्त सदरमुकाम बचावट कामहरु समेत गरिएको बताए ।

कार्यालय प्रमुख शाहीले नदी नियन्त्रणबाट करिब ८ सय ६० घरधुरी सुरक्षित राख्न सफल भएको, १ हजार ८ सय २२ हेक्टर खेती योग्य जमिनलाई सुरक्षित गर्न २ हजार ८सय १५ मिटर वाल लगाएर सुरक्षित गरेको जानकारी दिंदै २ हजार ५ सय घरधुरी तथा २२ हजार जनसंख्या सिंचाई योनाबाट प्रत्यक्ष रुपले लाभान्वित भएको बताउनु भयो ।

आ. ब २०८१।०८२ मा करिब ६ हजार २५ मिटर पक्की कुलो निर्माण गरिएको, पाइप जडान गरेर ८ हजार ८१४मिटर कुलो निर्माण गरेर खेतमा पानी संचालन गरिएको १ हजार ३ सय ६० हेक्टर जग्गामा सिंचाई कुलोको पुन संरचना गरेको बताउनु भयो ।